वाग्मती प्रदेश सरकार आगामी आर्थिक वर्षको २०८१/०८२ को बजेटको तयारीमा जुटेको छ ।
मुख्यमन्त्री शालिराम जम्कट्टेल नेतृत्वको सरकारले जेठ १९ गते तेस्रो पटक सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् पूर्णरुपमा विस्तार तथा संसदीय समितिको नेतृत्व सर्वदलीय सहमतिमा चयन गरेर बजेट निर्माणको तयारीमा जुटेको हो । आफ्नो कार्यकालको सुरुवातबाटै संसदीय समितिको नेतृत्व चयन गर्न विभिन्न अप्ठेरोको सामना गरेका जम्कट्टेलले सदनको बहुमतबाट
आगामी आवको नीति तथा कार्यसमिति समेत पारित गरिसकेका छन् ।
जेठ १४ गते संसदमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए । ऊक्त नीति तथा कार्यत्रममाथि जेठ १६ गतेदेखि छलफल प्रारम्भ भएको थियो । बैठकमा सत्ता र प्रतिपक्षका ७० जना सांसदले धारणा राखेका थिए । सांसदले उठाएका प्रश्नहरूका विषयमा मुख्यमन्त्री जम्कट्टेलले जवाफ दिएसँगै जेठ १९ गते सदनको बहुमतबाट नीति तथा कार्यक्रम पास भएको थियो ।
लामो समयदेखि प्रदेशको सत्ता राजनीतिमा रमाइरहेका मुख्यमन्त्री जम्कट्टेलले सत्ता–प्रतीपक्षका सांसदलाई रुझाएर बजेट ल्याउने तयारी गरिरहेका छन् । फलस्वरुप उनले प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा ३ करोड तथा समानुपातिक सांसदको सिफारिसमा एक करोडको योजना समावेश गर्न मातहतका मन्त्रालयलाई निर्देशन नै दिएका छन् । उनले विपक्षीका योजनालाई समेट्न समेत विभिन्न चरणमा मन्त्रालयगत र औपचारिक छलफल समेत गरिरहेका छन् ।
मुख्यमन्क्री जम्कट्टेलले नीति तथा कार्यत्रमलाई नै आगामी बजेटमा रुपान्तरण गर्ने घोषणा सदनमै गरेका छन् । ‘नीति तथा कार्यक्रम बजेटको मार्ग निर्देश हो । प्रदेशलाई समृद्ध बनाऊने कार्यक्रम नीति कार्यत्रममा समावेश भएको छ । अहिलेको आवश्यकता र नागरिकको चाहना अनुसारको नीति कार्यक्रम रहेको छ ।’, उनले कृषि, शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने घोषणा गरेका छन् ।
प्रदेशका मन्क्रीहरुले नयाँ बजेट निर्माणको त्रममा भने विभिन्न सार्वजनिक स्थानहरुमा असहमति जनाइरहेका छन् । उनीहरुले मन्त्रिपरिषद्को वैठकमा बजेटको सिलिङ घटेकोभन्दै मुख्यमन्त्री जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियासँग चर्काचर्की समेत गरिरहेका छन् । सरकारले अनिवार्य दायित्व र नियमित दायित्वको लागि मात्र मन्त्रालयगत सिलिङ पठाएपछि सरकारमा रहेका दलहरुवीच नै हाल अविश्वासको वातावरण प्रदेशमा बनिरहेको छ ।
प्रदेश सरकारले अघिल्लो वर्ष ६२ अर्ब ७० करोडको बजेट ल्याएकोमा यसवर्ष केही घट्ने बताइएको छ । सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेको छ ।