२०८१ बैशाख १५, शनिबार    

कर्रामा डुबेर मृत्यु हुनेको सनाखत

२०७९ आश्विन ७, शुक्रबार २०:३९ बजे

हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकले ज्यान गुमाएकाको सनाखत भएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा डुबेर मृत्यु भएकाको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । एकजना भने दहबाट पौडिएर निस्किएका थिए । प्रहरीका अनुसार खोलामा डुबेर हेटौंडा–१५, फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको हो ।

मृतकसँगै खोलामा पसेका हेटौंडा–८ का रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए । माझीले नै स्थानीयलाई साथीहरु खोलामा डुबेको भनेर खबर गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा डुबेको बालकको खोजी गरेका थिए । उनीहरुको शब घटनास्थलभन्दा केही तल खोलामा डुबिरहेको अवस्थामा उनीहरुको फेला परेका थियो । करिब दुई घण्टापश्चात् सुरक्षाकर्मीको टोलीले उनीहरुलाई फेला पारेको हो ।

उनीहरुको हेटौंडा अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएका छ ।