२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस मकवानपुर अधिवेशन: पदाधिकारीको मतगणना सुरु

२०७८ फाल्गुन १७, मंगलबार १७:४२ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनअन्तर्गत् पदाधिकारीको मतगणना सुरु भएको छ ।

मंगलबार ५:३० बजेबाट मतगणना प्रक्रिया सुरु भएको हो । मतदान अधिकृत गोपीशर्मा सुवेदीका अनुसार उपसभापति, सचिव र सहसचिवको मतगणना सुरु गरिएको हो । कुल १८ सय ५१ मतदाता रहेकोमा १७ सय ६७ मत खसेको छ ।

सभापति पदमा बुद्ध लामा चयन भएका छन् । उनलाई आनन्दराम पराजुलीले समर्थन गरेसँगै सभापतिमा चयन भएका हुन् । सभापतिको तीन उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचत हुने निश्चित भएको थियो । तर, दोस्रो चरणको निर्वाचन नगरी लामालाई सहयोग गर्न पराजुली तयार भएका थिए ।