२०८१ बैशाख २०, बिहीबार    

एक भारतीयसहित ६ जना लागूऔषध कारोबारी पक्राउ

२०८० असार १९, मंगलबार २०:०६ बजे

मकवानपुर प्रहरीले अबैध लागूऔषध गाँजा कारोबारमा संलग्न एकजना भारतीयसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले वाग्मती प्रदेशको राजधानी हेटौंडा–१५, रातोमाटेबाट १ सय ४३ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले डिएल १ जिसि ३०३५ नम्बरको डिब्बा ट्रकका चालक र डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना गरी ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डीएल १ जीसी ३०३५ नम्वरको इण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बाराका ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कोरपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका–४ का २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतमकुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।