२०८१ बैशाख २०, बिहीबार    

कांग्रेसले हेटौंडा कुनै हालतमा नछोड्ने

२०७९ बैशाख ५, सोमबार १५:५४ बजे

सत्तारुढ गठबन्धनका दलको आ–आफ्नै दाबीमा सहमति नजुटेपछि पाँच दलीय संयन्त्रको पटक पटकको वैठक निचोडमा पुग्न नसकेको मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए।

‘बैठकमा सहमति नजिक–नजिक पुग्छौं, तर फेरि कुरा मिल्दैन, गठबन्धनको दलहरूको प्रत्येक दिनजसो नयाँ–नयाँ सर्कुलरको कारण समस्या भएको जस्तो लागेको छ।,’ लामाले भने। हेटौैंडाको सन्र्दभमा कांग्रेसले कुनै पनि हालतमा नेतृत्व नछाड्ने लामाले बताए।

हेटौंडामा नेपाली कांग्रेस गत निर्वाचनमा झिनो मतले पराजित भएको भन्दै लामाले कांग्रेसको उम्मेदवार नै मेयर हुने ठोकुवा गरे। हेटौंडामा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ। नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले माओवादीले संगठनको आवश्यकताअनुसार पालिका र वडामा दाबी गरेको बताए। उनले कांग्रेसले भन्दैमा गठबन्धन नहुने भन्दै प्रतिप्रश्न गरे।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले सहमति नजुटेपछि आज सोमबार पुनः बैठक बसेर टुंग्याउने बताए। उनले समस्या भएको ठाउँमा मित्रवत प्रतिस्पर्धा हुनसक्ने भन्दै जिल्लामा गठबन्धन भएरै निर्वाचनमा जानेमा ढुक्क रहन सुझाए।

पोखरेलले भने, ‘मकवानपुरमा गठबन्धन कुनै पनि हालतमा हुन्छ। कांग्रेसको कुनै एक  व्यक्तिले नगर्ने भनेर हुँदैन। पार्टीले गर्ने भनेको छ, आज साँझ सहमति नै  हुन्छ।’