२०८१ जेठ ८, मंगलबार    

सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात

२०७८ फाल्गुन ८, आईतबार २०:४१ बजे

हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ ।

थाहा नगरपालिकाको सिमभञ्ज्याङ–दामन क्षेत्रमा राति ८ बजेपछि हिमपात सुरु भएको स्थानीय विनोद लामाले जानकारी दिए । उनका अनुसार अहिले हिमपात भइरहेको छ । त्यसक्षेत्रमा दिउँसो पानी परेको थियो । रातपरेसँगै असिना पर्न सुरु भएको थियो । ‘अहिले हिउँ पनि परिरहेको छ । हावा पनि लागिरहेको छ । हेरौं रातभरमा कति हिउँ बाँकी रहन्छ ।’, स्थानीय गौरीशंकर होटलका सञ्चालक शिवकुमार खत्रीले भने । उनका अनुसार यसवर्ष त्यसक्षेत्रमा हिमपात भएको चौथो पटक हो ।

लामो समयपछि त्यसक्षेत्रमा यसरी हिमपात भएको हो । हिमपातका कारण अहिले त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।