२०८१ बैशाख २३, आईतबार    

माछा प्लानमा टिकटक बनाउनेको घुईंचो

२०७८ फाल्गुन २१, शनिबार १७:१७ बजे

हेटौंडा/ हेटौंडा–५, क्याम्पाडाँडामा रहेको मत्स्य विकास केन्द्रको पोखरीमा टिकटक बनाउने र फोटो खिच्नेको घुईंचो लागेको छ ।

केन्द्रले माछा प्लानको दायाँपट्टी रहेको पोखरीको पानी सुकाएसँगै अहिले दुवो पलाउन थालेको छ । अनि जमिन चिराचिरा परेको छ । शनिबार विहानबाटै टिकट बनाउने र फोटो खिच्नेको भीड लागिरहेको स्थानीयले बताएका छन् । अहिले उक्त स्थानमा भाइरल भइरहेको छ ।

‘विहानैबाट भीड लागेको छ । टिकटक बनाउने र फोटो खिच्नेको भीड थामिसक्नु छैन । यति धेरै भीड त्यहाँ पहिलो चोटी देखेका हौं ।’, स्थानीय रवि थापाले भने । हिजोआज त्यसक्षेत्रमा टिकटक बनाउने र फोटो खिच्नेको भीड लागेसँगै त्यसक्षेत्रको व्यापार समेत फस्टाएको छ ।

पछिल्लो समय त्यसक्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।