२०८१ बैशाख १४, शुक्रबार    

जुरिखेतमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

२०८० बैशाख २१, बिहीबार १०:३६ बजे

हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मोटरसाइकल दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनाहुँदा दुइजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा बारा पर्सौनी नगरपालिका–५, का २० वर्षीय गोरख भन्ने रविन्द्र मण्डलको घटना स्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा सवार २५ बर्षीय लालबाबु सहनी मलाहा गम्भीर घाइते भएका थिए । लालबाबुको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति करिब ९ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।


रविन्द्र मण्डको शव बिहीबार बिहान ७ बजेको समयमा प्रहरी टोलीले घटना स्थलमा फेला पारेको थियो । रबिन्द्रको शव हेटौंडा अस्पतलमा ल्याइएको छ ।