२०८१ बैशाख २९, शनिबार    

गढीमा लफडा, मतगणना स्थगित

२०७९ बैशाख ३१, शनिबार १३:३९ बजे

मकवानपुर गढी गाउँपालिकामा लफडा भएको छ । मतगणनाको क्रममा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ ।

सर्वदलिय वैठकको क्रममा मतगणना सुरुहुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै बिरोध भएपछिट विवाद भएको हो । अहिले मत गणना रोकिएको छ । अहिले सम्म गाउँपालिका–१ र ८ को मतगणनामा गठबन्धन अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउदै आएको छ ।

१ नम्बरको सयमत र वडा नम्बर आठको २ सय मत गणनाहुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् । एमालेका विदुर हुमागार्इंले ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउादै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन् । दुवै वडाहरुमा पनि कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।