२०८१ जेठ ४, शुक्रबार    

भीमफेदीमा गठबन्धनको अग्रता कायमै

२०७९ जेठ १, आईतबार ०८:३८ बजे

मकवानपुरको भीमफेदी गाउँपालिकामा ५ दलीय सत्ता गठबन्धनले अग्रता कायम राखेको छ ।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादीका बद्रीबहादुर स्याङ्तानले २ हजार ९६३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हिदम लामाले २ हजार ७३१ मत प्राप्त गरेका छन् । स्याङ्तान र लामाको मतान्तर २३२ रहेको छ ।

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका सञ्जिब श्रेष्ठले २ हजार ८५७ मत ल्याएका छन् भने एमालेकी पार्वती रानाले २ हजार ६६० मत ल्याएकी छन् । श्रेष्ठ र रानाको मतान्तर १ सय ९७ मत रहेको छ ।