२०८१ बैशाख २३, आईतबार    

वर्षात्का कारण एपीएफ र फ्रेण्डसको खेल स्थिगित

२०७९ जेठ २१, शनिबार १८:३५ बजे

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् शनिबारको खेल वर्षात्का कारण स्थगित भएको छ ।

ए डिभिजन टोली सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीचको खेल दिनभरको वर्षात्का कारण मैदान हिलाम्मे भएपछि स्थगित गरिएको हो । आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आइतबार विहान ८:३० बजे स्थगित खेल गर्ने भएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको खेलहरु सञ्चालन भइरहेका छन् । आइतबार दिउँसो नेपाल पुलिस र खुमलटार एफसीवीच खेल हुनेछ । चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।