२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा केजीएफ–२ को टिकट अग्रिम विक्री

२०७८ चैत्र २६, शनिबार १६:३८ बजे

हेटौंडाको एनएस सिनेमा हलले दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को टिकट अग्रिम विक्री सुरु गर्ने भएको छ ।

हेटौंडा–४ स्थित नारायणी मलमा रहेको सिनेमा हलले आइतबारबाट टिकट विक्री सुरु गर्ने भएको हो । फिल्म वैशाख १ गतेबाट रिलिजहुँदैछ । ‘टिकट बुकिङ गर्दा समस्या भयो । त्यसकारण विक्री नै गर्न लागिएको हो । हामीले दैनिक चार शो सञ्चालन गर्ने तयारी गरेका छौं ।’, हल सञ्चालक नवराज आचार्यका अनुसार चारदिनसम्मको टिकट विक्री गर्ने तयारी भइरहेको छ ।

यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा करोडौं दर्शक रहेका छन् । फिल्ममा सञ्जय दत्त र रवीना टंडनले दर्शकको विशेष ध्यान खिचेका छन् । पहिलो च्याप्टरमा साउथका चर्चित अभिनेता यशको मुख्य भूमिका रहेको थियो ।