२०८१ बैशाख २०, बिहीबार    

राष्ट्रिय खेलकुदलाई वाग्मतीबाट बुद्धिचाल खेलाडी छनौट

२०७९ भाद्र २५, शनिबार १०:५५ बजे

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिताका लागि वाग्मती प्रदेशबाट बुद्धिचाल खेलाडी छनौट भएको छ ।

काभ्रेको धुलिखेलमा भएको प्रतियोगिताबाट पुरुष तथा महिला खेलाडी छनौट गरिएको हो । उनीहरु अब राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताबाट रत्न ब्यञ्जनकार ललितपुर, राजिब कार्की दोलखा र निकेन कुसथा भक्तपुर पुरुषतर्फ छनौट भएका छन् । महिलातर्फ मार्शल तामाङ नुवाकोट, सबिना श्रेष्ठ भक्तपुर र लक्ष्मी कंडेल चितवन छनौट भएका छन् । खेलाडी छनौट प्रतियोगितामा वाग्मती प्रदेशको सिन्धुलीबाहेक १२ जिल्लाको खेलाडी सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फ ३३ र महिलातर्फ २० खेलाडी सहभागी थिए ।

बुद्धिचाल संघ वागमती प्रदेश अध्यक्ष तथा प्रतियोगिता संयोजक ज्ञानकृष्ण प्रजापतिको सभाध्यक्षतामा भएको छनौट प्रतियोगितामा प्रदेशका खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उनले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

विशिष्ट अतिथि काभ्रे जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानबिर तामाङ र चिफ आर्बिटर महेश्वर डंगोल पनि सहभागी थिए ।