२०८१ जेठ ७, सोमबार    

प्रदेशद्वारा ६ करोडको सवारी खरिद, अझै १४ वटा खरिद गरिँदै

२०७८ फाल्गुन ९, सोमबार १०:०४ बजे

हेटौंडा/ वागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी खरिद गरेको छ ।

हाल सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि करिब ६ करोड रुपैयाँ बराबरका सवारी खरिद गरिएको हो । हाल वाग्मतीमा माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन रहेको छ । प्रदेश सरकारले ६ करोड बराबरको १० वटा गाडी खरिद गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ वटा मन्त्रालयले गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चित गरेका छन् भने स्वास्थ्य मन्त्रालयले आफ्नै आन्तरिक बजेटबाटै गाडी खरिद गरेको छ । अझै मन्त्री र सचिवका लागि ९ वटा गाडी खरिद गर्न स्रोत सुनिश्चित गरिएको हो । विभाजन भएर बनेको उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, ऊर्जा, खानेपानी तथा सिाचाइ मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले २/२ वटा गाडी खरिद गर्न अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेको बुझिएको छ ।

युवा तथा खेलकुद विकास मन्त्रालयले पनि एउटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेको छ । सबै मन्त्रालयलाई ६० लाखसम्मका गाडी खरिद गर्न अनुमति दिइएको छ ।