२०८१ बैशाख २५, मंगलबार    

'नेपहपको श्रीपेच' फागुन १६ बाट

२०७८ फाल्गुन २, सोमबार १९:०४ बजे

र्‍यापसम्बन्धी ‘रियालिटी सो’ यही फागुन १६ गतेबाट प्रसारणमा आउने भएको छ । 'नेपहपको श्रीपेच' नाम दिइएको यो सोका केही प्रोमो पनि युट्युबमा सार्वजनिक भएका छन् । हालै 'नेपहपको श्रीपेच' दोस्रो प्रोमोमा प्रस्तुत गरिएको 'माइला'को प्रस्तुतिलाई धेरैले मन पराइदिएका छन् । पहिलो प्रोमोमा महिला र्‍यापर फुर्दुकीको प्रस्तुति देखाइएको थियो ।

 'माइला'को प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जीलाई प्रि-जजको रूपमा देखाइएको छ l र्‍यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले भने सोका निर्णायकहरू हुन् ।

डी म्युजिक टीभीको प्रस्तुति रहेको यो सोमा ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागी थिए सहभागीमध्ये ६ सयजनाको विभिन्न शहरमा भौतिक उपस्थितिमै अडिसन लिइएको थियो । अडिसनबाट छानिएका १२३ जनाले 'श्रीपेच'का लागि प्रतिस्पर्धा गर्नेछन् । सोको विजेताले १० लाख र उपविजेताले उपहारस्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।