२०८३ कार्तिक २, आईतबार    

आठ केजी गाँजासहित एकजना पक्राउ

२०७८ फाल्गुन १२, बिहीबार १८:३७ बजे

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी–५, चैनपुरमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्रकुमार दर्जीलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो । उनको साथबाट ८ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

्उनलाई जिल्ला अदालत मकवानपुरमा पेश गरी दश दिनको म्याद थपेर अनुसन्धन प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।