२०८१ बैशाख २७, बिहीबार    

हेटौंडा–५ अध्यक्षमा सुशील घिमिरे

२०७९ जेठ ५, बिहीबार १३:१० बजे

हेटौंडा वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका सुशील घिमिरेको प्यानल नै विजयी भएको छ । घिमिरे २ हजार ५ सय ३० मतसहित अध्यक्षमा विजयी भएका हुन ।

हेटौंडा ५ मा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १ हजार ३ सय ९०, स्वतन्त्रका विशाल राज महतले ४ सय २ र राप्रपाका रामकृष्ण श्रेष्ठले ३ सय २५ मत प्राप्त गरेका छन् ।

वडा सदस्यहरुमा नेकपा एमालेका ज्ञान बहादुर थापा मगर(२७०३), राम बहादुर राई(२१३३), महिला सदस्यमा रंजीता(२३५३) र दलित महिला सदस्यमा भगवती विक(२२५४) विजयी भएका छन् ।