२०८१ जेठ ८, मंगलबार    

मकवानपुर र काभ्रे जोड्ने पुल अलपत्र

२०७८ फाल्गुन ६, शुक्रबार ०८:२६ बजे

हेटौंडा/ मकवानपुर, काभ्रेपलाञ्चोक जोड्ने सीमा रहेका वाग्मती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र अवस्थामा छ ।

काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको वाग्मती गाउापालिका–५ सिक्रे दोभानस्थित् वाग्मती खोलामा निर्माणाधीन पुल समयमा निर्माण नसक्दा अलपत्र परेको हो । पुल समयमै पूरा नहुँदा स्थानीय सास्ती भोक्न बाध्य छन् ।

महाविर/शिखर.तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने गरी २०७४ असार ३० मा सम्झौता गरेको थियो । सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो । तर, थपिएको म्याद सकिँदा समेत १२.३५ प्रतिशत मात्र काम भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयमा थपिएको अवधिमा पनि काम नसकेपछि कम्पनीले म्याद पुन: थप गर्न फाइल पेश गरेको थियो । तर, निर्देशनालयले हालसम्म कुनै निर्णय गरेको छैन । जसको कारणले हाल निर्माण कार्य ठप्प छ ।

कम्पनीका इञ्जिनियर विष्णु काफ्लेले निर्माण कार्य द्रुत गतिमा गरे पनि पुल ११५ मिटर लामो उक्त पुल सकिन अझै करिब डेढ वर्ष लाग्ने बताए । पुल तत्कालीन मकवानपुर जिल्ला विकास समितिले ठेक्का लगाएकोमा राज्यको पुनर्संरचनासागै अहिले पूर्वाधार विकास कार्यालय चितवनले हेरिरहेको जानकारी दिए । उक्त ठाउँ काभ्रे, मकवनपुर र सिन्धुली जिल्लाको संगमस्थल हो ।
पुल निर्माणमा ढिलाइ भएपछि काभ्रेको महाभारत गाउँपालिका र मकवानपुरको वाग्मती गाउँपालिकारले यथासम्भव छिट्टो निर्माण सम्पन्न गराउन पहल सुरु गरेका छन् । महाभारतका अध्यक्ष कान्छालाल जिम्बा र वाग्मतीकाका अध्यक्ष सर्केश घलानसँगै काभ्रे र मकवनपुरका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व र सर्वसाधारण जनताबिच द्विपक्षीय हित र विकासका लागि पुल निर्णय कार्य छिट्टो पूरा गर्न संयुक्त पहल आवश्यक रहेको भन्दै एक बुँद्धे निर्णय समेत गरेको छ ।

महाभारतका अध्यक्ष जिम्बाले पुलको सामरिक महत्व रहेको भन्दै पक्की पुल बनेसँगै काभ्रेको महाभारत, खानीखोला र ललितपुरको वाग्गती गाउँपालिकाबाट काठमाडौं र हेटौाडा आवतजावत गर्ने सवरीसाधान १२ महिना नै निर्वाद सञ्चालन गर्न सकिने बताए । पुल निर्माणले विशेषगरी महाभारत र खानीखोला गाउँपालिका (डाँडापारि क्षेत्र)बासीको जनजीवनसाग प्रत्यक्ष रुपमा जोडिएकोले पनि पुलको निमार्ण छिट्टो सम्पन्न गर्नको लागि पहल थालेको उनको भनाइ छ ।

वाग्मतीका अध्यक्ष घलानले कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा पनि ढिलाइ भएको बताए । उनका अनुसार इञ्जिनियरले पुल बनाउने स्थानमा नपुगी र्भोलेनीसम्म गई त्यस आसपासम बनेको पुलको आधारमा डिजाइन तयार पर्दा यसअघि पनि डिजाइन परिवर्तन गर्नु परेको थियो ।

पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हाँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु वाग्मती गाउँपालिको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ । अध्यक्षद्धयले समयमा पुल निर्माण सम्पन्न गर्न सबै सक्रियताका साथ लागी पर्न समेत आग्रह गरेका छन् ।