२०८१ बैशाख २२, शनिबार    

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट घोषित

२०७८ फाल्गुन २१, शनिबार १४:१९ बजे

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहा नगरपालिकाकाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए । आयोगले तोकेको सूचकमा पालिकाले राम्रो काम गरेको प्रतिक्रिया दिए । आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४.१३ अंक पाएको हो ।

मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भीमफेदीले ५६.४५, वाग्मतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ ।

आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ ।