२०८१ बैशाख १२, बुधबार    

वन विज्ञान अध्ययन संस्थान हेटौंडामा तालाबन्दी

२०७८ चैत्र ७, सोमबार १७:४० बजे

संयुक्त विद्यार्थी संगठनद्वारा वन विज्ञान अध्ययन संस्थान हेटौंडामा तालाबन्दी गरिएको छ ।

परीक्षा समयावधि घटाइएको सूचना विद्यार्थीहरुमाझ सम्प्रेषण नगरी परीक्षा सञ्चालन गर्ने क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डीनको कार्यालयको गैरजिम्मेवार निर्णय विरुद्ध वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको प्रशासन र शैक्षिकका सम्पूर्ण कक्षहरु तालाबन्दी गरिएको छ ।

परीक्षा सम्बन्धि सूचना तत्काल सार्वजनिक गरी परीक्षा तालिका यथावत रुपमा सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् । दीर्घकालीन समाधानका लागि सो सम्बन्धि कार्यविधि विद्यार्थी संगठनका नेतृत्वसङ्ग छलफल गरी निर्णय गरेर कार्यन्वयन तर्फ लैजान क्याम्पस प्रशासन, परिक्षा नियन्त्रण महाशाखा र डीन कार्यालयसमक्ष विद्यार्थीहरुले अनुरोध समेत गरेका छन् ।