२०८० चैत्र १५, बिहीबार    

गाउँपालिकाको विद्यालयलाई ‘स्कूल बस’

२०७८ चैत्र २२, मंगलबार १२:३० बजे

मकवानपुरको भिमफेदी गाउँपालिकाले श्री कृष्ण माध्यमिक विद्यालयलाई ‘स्कूल बस’ हस्तान्तरण गरेको छ । पालिकाको वडा नम्बर २ भैसेमा रहेको उक्त विद्यालयलाई पालिका कार्यालय भिमफेदीमा एक कार्यक्रमको आयोजना गरी ‘स्कूल बस’ हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले विद्यालयका प्रधानाध्यापक कृष्णलाल श्रेष्ठलाई बसको चाबी हस्तान्तरण गरेका हुन् यसअघि पनि एउटा ‘स्कूल बस’ संचालन गरिरहेको श्री कृष्ण माविलाई विद्यालय क्षेत्र विस्तार भएसंगै थप ‘स्कूल बस’ सहयोग गरिएको पालिकाले जनाएको छ । १०-१५ किलोमिटर बाटो हिडेर बालबालिकाहरु आउन पर्ने हुनाले, उनिहरुको पहुचबाट शिक्षा टाढा नहोस् भन्ने उद्धेशले थप अर्काे बस हस्तान्तरण गरिएको लामाले बताए ।

५ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा २ सय भन्दा बढि विद्यार्थी यातायात सुविधा विना सहजै विद्यालयको पहुँचमा आउन नसक्ने अवस्थामा रहेको विद्यालयले जनाएको छ । बस हस्तान्तरण गर्दै ‘स्कूल बस’ को प्रयोगबाट बालबालिकाको शिक्षामा पहुँच बढेको पालिका अध्यक्ष हिदम लामाले प्रतिक्रिया दिए । पालिकाको आर्थिक वर्ष २०७\०७९ को वार्षिक स्वीकृत २८ लाख बजेटबाट ‘स्कूल बस’ खरिद गरिएको हो ।