२०८१ बैशाख २८, शुक्रबार    

बोलेरोमाथि ढुङ्गा खस्दा तीनजनाको मृत्यु

२०७८ माघ ९, आईतबार १०:३१ बजे

ओखलढुंगा/ ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३, नारायणस्थानमा गुडिरहेको बोलेरोमा एक्कासी ढुङ्गा खसेर लाग्दा तीनजनाको मृत्यु भएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ–१, मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को.१ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ६ जना सवार थिए । सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीयय युसब कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ । ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएका कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथी बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।