२०८१ जेठ ४, शुक्रबार    

एमाले मकवानपुरमा विचलन बढ्दो, जब्स खानद्वारा एमाले परित्याग

२०७८ चैत्र ४, शुक्रबार ११:०९ बजे

नेकपा एमाले मकवानपुरका युवा नेता जब्स खानले पार्टी छाडेका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत् पार्टीसँगको डेढ दशकको यात्रा टुंगिएको घोषणा गरेका हुन् ।

नेकपा एमाले मकवानपुरको जिल्ला सदस्य मनोनितको विषयलाई लिएर पार्टी छाड्नेको संख्या बढिरहेको छ । धेरै नेताले मनोनित जिल्ला सदस्यको विषयलाई लिएर निराशा समेत व्यक्त गरिरहेको समयमा हेटौंडा–१ का संगठित सदस्य रहेका खानले पार्टी परित्याग गरेका हुन् ।

उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्–‘करिब डेढ दशक नेकपा एमालेमा रहदै गर्दा पछिल्लो समय पाटी नीति र बिधिमा हिड्न छाडेको छ । इमान्दार कार्यकर्ताहरु अन्यायमा परेको छ । अब सोच्नु पर्ने बेला आएको छ । एमालेबाट अलग रहेको सबैलाइ जानकारी गराउदछु । धन्यवाद ।’

उनीमात्र होइन् जिल्ला सदस्य मनोनितको विषयलाई लिएर एमालेका धेरै पुराना नेताहरु असन्तुष्ट रहेका छन् । स्थानीय निकायको चुनाव नजिकिएको अवस्थामा एमालेभित्र देखिएको विचलनले विपक्षलाई फाइदा पुग्नेभन्दै कार्यकर्ता तहमा टिकाटिप्पणी भइरहेको छ ।