२०८१ बैशाख २३, आईतबार    

राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहित

२०७८ चैत्र १६, बुधबार ०३:२० बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरूले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् ।

मंगलबार राप्रपा मकवानपुरका अध्यक्ष सापकोटाद्वारा जारी गरिएको वक्तव्यमा पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक बिचलन आएको, पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच,चिन्तन र संकीर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ।

वक्तव्यमा नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको दाबी गरिएको छ।मकवानपुरको समग्र आर्थिक विकास र समृद्धिमा थापाको महत्त्वपूर्ण योगदान रहेकाले उनीसँग जोडिने विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा कमल थापालाई ‘राजनीतिक अभिभावक’ भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता व्यक्त गरिएको छ।

विज्ञप्तिमा ७८ जना नेताहरूको नाम छ। जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, नगर र गाउँपालिकाका अध्यक्षहरू, जनवर्गीय संगठनका प्रमुखहरूको नाम छ।