२०८१ बैशाख २३, आईतबार    

पार्वती महिला सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न

२०७८ चैत्र ५, शनिबार १७:०३ बजे

पार्वती महिला सामुदायिक वन उपभोक्ता समूह भीमफेदी गाउँपालिका–१ को १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

समूह अध्यक्ष गोरिमाया लामाको सभाध्यक्षतामा भएको भेलामा राप्ती मनहरी डिभिजन वन कार्यालयका अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ महासचिव शम्भुप्रसाद न्यौपाने, सवडिभिजन भैंसेका रेञ्जर निश्चल घिमिरे, भीमफेदी गाउँपालिका–१ का वडा सदस्य सोमबहादुर स्याङ्तान, नेकपा माओवादी केन्द्र गाउँपालिका संयोजक बद्रीबहादुर स्याङ्तानलगायत अतिथि रहेका थिए ।

अध्यक्ष लामाले भेलामा आगामी आर्थिक वर्ष २०७८/०७९ को करिब ३ लाख ३२ हजार ७ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । चालु आर्थिक वर्ष २०७७/०७८ संशोधित बजेट २ लाख ७७ हजार ७ रुपैयाँ समेत भेलाले अनुमोदन गरेको छ ।