२०८१ बैशाख १४, शुक्रबार    

बागी उम्मेदवार कंडेल र थपलियालाई कारवाही

२०७९ बैशाख २०, मंगलबार १५:५९ बजे

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन बिपरित बागी उम्मेदवारी दिएको भन्दै नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)ले २ जनालाई कारवाही गरेको छ । नेकपा एमाले निकट जनबर्गीय संगठन नेपोन मकवानपुरले आसन्न निर्वाचनमा बागी उम्मेदवारी दिएका २ जनालाई कारवाही स्वरुप निष्कासित गरिएको जनाएको छ ।


कारवाहीमा पर्नेमा मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल र हेटौंडा १४ का कृष्ण थपलिया रहेका छन् । संगठनको जिल्ला सदस्य पदमा रहेका दुबैजनाले पार्टीको निर्देशन उलङ्घन गर्दै बागी उम्मेदवारी दिँदै फिर्ता समेत नलिई बसेका छन् । उनीहरुले पार्टी हित बिपरित हुनेगरी उम्मेदवारी दिएकै कारण कारवाही गर्नुपरेको संगठनका मकवानपुर जिल्ला अध्यक्ष शिव थापाले जानकारी दिएका छन् ।


कँडेल र थपलियालाई यस अघि नै नेकपा एमाले मकवानपुरले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेको छ ।