२०८१ बैशाख २२, शनिबार    

खुल्ला त हेटौंडामा मल उद्योग ?

२०७८ फाल्गुन १९, बिहीबार १६:३२ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको छ ।

संघीय सरकारले पनि मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तो अवस्थामा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उद्योग स्थापनाको विषयमा काठमाडौं विश्वविद्यालयसँग विहीबार हेटौंडामा आवश्यक प्राविधिक परामर्श गरेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौं विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको हो ।

मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले मल उद्योगको महत्व र आवश्यकताबारे प्रष्ट्याएका थिए । उनले मल उद्योग कसरी र कुन मोडलमा सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको बारेमा समेत जानकारी गराएका थिए ।

छलफलमा मन्त्री बसुन्धरा हुमागाईं, विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापालगायतले आफुनो भनाइ राखेका थिए । मल उद्योग स्थापनाका लागि आवश्यक जग्गा र भौतिक संरचना कुल मोडलमा निर्माण गर्ने भनेर सरकार निर्णय गरिसकेको छ । एक विदेशी कम्पनीले मल उद्योग खोल्न चासो दिएपछि प्रदेश सरकार तातेको थियो ।

मल उद्योग खुल्छ कि अनुसन्धानमै सरकार बजेट सकिन्छ भन्नेमा आम चासोको विषय बनेको छ । नेपालमा वर्षेनी ४० अर्वको मल आयात हुने गरेको छ ।