२०८१ बैशाख २७, बिहीबार    

यसवर्षबाट वाग्मती प्रदेश सरकारले स्थापना दिवस नमनाउने

२०७८ माघ २६, बुधबार १८:१३ बजे


हेटौंडा/ यसवर्षदेखि वाग्मती प्रदेश सरकारले आफ्नो स्थपाना दिवस नमनाउने भएको छ । प्रत्येक वर्ष माघ २९ गते मनाउने गरिएको स्थापना दिवस यसवर्षबाट स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले स्थापना दिवसमा प्रदान गरिने पुरस्कार तथा विभूषण अन्य कुनै उपयुक्त दिन पारेर गर्ने निर्णय भएको छ ।
उनका अनुसार यात्रुबाहक सवारीलाई नगद कारोबाररहित (क्यासलेस) बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।

भरतपुर महानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनका लागि पनि प्रदेशले स्रोत सुनिश्चितता गरिदिएको छ । ‘भवनको लागत ९४ करोड तोकिएको छ । अब ठेक्का लाग्छ । ठेक्का रकमको ५० प्रतिशत प्रदेश सरकारले व्यहोर्नेछ ।’, उनले भने ।