२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस सभापतिमा तीन जनाद्वारा प्यानलैसहित उम्मेदवारी दर्ता

२०७८ फाल्गुन १५, आईतबार १५:४७ बजे

हेटौंडा/ दलबल र र्‍यालीसहित नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तीनजना उम्मेदवारले आफ्नो प्यानलैसहित उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार आइतबार कांग्रेस मकवानपुरको १४ औ अधिवेशनअन्तर्गत् सभापतिका ३ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

आआफ्नो सम्पर्क कार्यालयबाट प्यानलैसहित नाराबाजी गर्दै उनीहरु मनोनयन दर्ता गर्न हेटौडा–२ मा रहेको कांग्रेस पार्टी कार्यालय पुगेका थिए । सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले प्यानलसहित तोकिएको समयमा उण्म्मेदवारीको मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताए ।

उम्मेदवारी दर्ता गराएकामध्ये लामा र पराजुली संस्थापन अर्थात शेरबहादुर देउवा समूहका हुन् । लामिछाने भने संस्थापन इतर समूहबाट सभापतिका एकल उम्मेदवार हुन् ।

निर्वाचन कार्यतालिका अनुसार विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० को कार्य तालिका रहेको र मतदान फागुन १६ गते सोमबार विहान ८ बजेबाट सुरु हुनेछ ।