२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीको फ्लेक्स झण्डाको अपमान

२०७९ श्रावण २६, बिहीबार १३:५८ बजे

भोली हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौंडाको बुद्धचोबाट सिमा चोक क्षेत्रमा टाँगीएको ब्यानर आज च्यातिएको अवस्थामा भेटिएको छ ।

बुधबार साँझ कार्यक्रम प्रचारको लागि राखिएको ब्यानर बिहिबार बिहान च्यातिएको अवस्थामा फेला परेको हो । ब्यानर च्यातिएको विषयमा आफुहरुलाई थाहा नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनले भनेः ब्यानर च्यातिएको सूचना आएको छैन् । वडा कार्यालयलाई बुझ्न लगाउँछौ । उक्त क्षेत्रमा सिसिटिभी क्यामारा समेत रहेको छ । आवश्यक परे सिसिटिभी हेर्नेछौ ।