मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सुचना नभएसम्मका लागी स्थगित भएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ को मतपेटिकालाई कपडाले नबेरेको बिषयलाई लिएर बिबाद भएपछी निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सुचना जारी नभए सम्मको लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो ।
मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरीका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी रहेको छ ।