२०८१ बैशाख १७, सोमबार    

हेटौंडामा नवउद्यमशाला बुटक्याम्प सुरु

२०८० आश्विन १४, आईतबार १९:१४ बजे

उद्योग संघ हेटौंडाद्वारा सञ्चालित ‘एम स्टार्टअप बिजनेस इन्क्युबेशन सेन्टर’ तथा पाँच दिने नवउद्यमशाला बुटक्याम्पको सुरु भएको छ । क्याम्पको आइतबार वाग्मती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका छन् ।

युवा उद्यमीहरूलाई स्टार्ट–अपका रूपमा आफ्ना व्यवसायिक विचारहरू परीक्षण गर्ने अवसर प्रदान गर्न यस कार्यको सुरुवात गरिएको उद्योग संघका अध्यक्ष स्वागत राज प्याकुरेलले जानकारी दिए । प्रारम्भिक चरणमा सेन्टरले युवा उद्यमीहरूलाई कार्यस्थल, लजिस्टिक सपोर्ट, प्रदर्शनीमार्फत् अवधारणा परीक्षण, मेन्टर र अनुझवीहरूद्वारा मार्गदर्शन, सरकारी निकायहरू र शिक्षाविद्हरूसित अन्तरक्रिया, वित्तीय संस्थाहरूसाग जोडिने अवसरहरू र इच्छुक व्यत्तिहरूको लगानी उपलब्ध गराएर स्टार्टअप कार्यक्रम सञ्चालन गर्नेछ ।

एआईएम स्टार्ट–अपले जिल्लामा शैक्षिक, सरकारी र निजी क्षेत्रहरू बीच एक इकोसिस्टम निर्माण गरी दिगोरुपमा स्टार्टअप र नवप्रवर्तन कार्यक्रम लागू गर्न उपयुक्त संस्थागत संरचना स्थापना गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने दावी ग िरएको छ ।

यस कार्यक्रमको पहिलो चरण अन्तर्गत युवा उद्यमीहरु (व्यवसाय दर्ता गरेको ५ बर्ष नकटेको) चयन गरी आयोजना गर्न लागिएको ५ दिने ‘एम नव उद्यमशाला बुटक्याम्प’को सहभागिता रहेको छ । बुटक्याम्पमा चयन भएका उद्यमीहरुले ४ दिनसम्म व्यवसायसँग सम्बन्धित विभिन्न बिषयमा छलफल गर्नुका साथै विज्ञहरुसँग गहन रुपमा मन्थन गरी आफ्नो व्यवसायलाई परिस्कृत बनाउने अवसर प्राप्त गर्ने छन् ।

पाँचौ दिनमा आयोजना गरिने हाट बजारमार्फत् व्यवसायीहरुले आफ्नो व्यवसायको परीक्षण गर्नुका साथै सम्भावित ग्राहक, लगानीकर्ता तथा मेन्टरसँग जोडिने मौका पनि पाउने छन् ।