२०८१ बैशाख १७, सोमबार    

नर्सिङ दिवसमा रक्तदान

२०७९ माघ १६, सोमबार १०:३७ बजे

नर्सिङ पेशा सम्बन्ध रहेर स्वास्थ्य संस्थामा क्रियाशील रहेकाहरुले हेटौंडामा पेशाको ६१ औं नर्सिङ् दिवस पारेर रक्तदान कार्यक्रम गरेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले गरेको रक्तदान कार्यक्रममा स्वास्थ्य पेशा सम्बद्ध र बाह्य गरी २१ जनाले रक्तादान गरेको प्रतिष्ठानका उपप्रध्याध्यापक लक्ष्मी पौडेलले जानकारी दिइन् । प्रतिष्ठानले रक्तदान अघि गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले स्वास्थ्य संस्थामा आवद्ध रहेका नर्सहरुको बृद्धि विकासमा हातेमालो गर्न तयार रहेको बताइन् । उनले नगरको विकासको पाटोमा सधैभरी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा रजिष्टार राजेश प्रशार्इं, हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट राजु सेढार्इं, प्रतिष्ठानका नर्सिङ प्रमुख ज्योति कापर, नान मकवानपुका अध्यक्ष कुन्ता दाहालले नेपालमा नर्सिङ शिक्षाको विकासका लागि ठोस नीति आवश्यक भएको बताएका थिए ।

्अहिले पनि पेशामा रहेका नर्सिङ् स्टाफले उचित पारिश्रमिक पाउन नसकेको समस्यालाई समाधान गर्न सबै तहबाट सहयोग आवश्यक रहेको बताइएको थियो । कार्यक्रममा प्रतिष्ठानले आगामी दिनमा नर्सिङ् शिक्षाको विकासका लागि थप तीनवटा कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका इन्दिरा अधिकारीले दिवसको अवसरमा नर्सिङ पेशाको अवस्था र चुनौतीका बारेमा प्रस्तुती राखेकी थिइन् । दिवसको अवसरमा हेटौंडाको बुद्धचौकमा दीप प्रज्ज्वलन गरिएको छ । प्रतिष्ठानको उपप्रध्यापक लक्ष्मी पौडेलको नेतृत्वमा दीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा हेटौंडा अस्पतालमा कार्यरत् नर्सिङ स्टाफहरुको सहभागिता थियो ।