२०८१ बैशाख १३, बिहीबार    

औषधी व्यवसायीको स्थापना दिवसमा मामाघरलाई सहयोग

२०७९ असार १०, शुक्रबार १८:२३ बजे

नेपाल औषधी व्यवसायी संघ मकवानपुरको ४९ औं स्थापना दिवसको सन्दर्भमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ ।

स्थापना दिवसको अवसरमा शुक्रबार संघका अध्यक्ष नारायणलाल श्रेष्ठ सहितको उपस्थितीमा करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो । संघले मामाघर नेपालमा आश्रित बालबालिकाको लागि ६ बोरा चामल, एक बोरा चिउरा, एक बोरा मस्यौरा, एक बोरा दाल, तेल, लुगा धुने र नुहाउने साबुन लगायतका सामग्री सहयोग गरेको हो ।

खाद्य सामाग्री वितरण कार्यक्रममा औषधी व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरुको उपस्थिति थियो । प्रदेश सदस्य सुधिर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।