२०८१ बैशाख १७, सोमबार    

अब दुई मात्रा कोरोना खोप लगाएको तीन महिनामै बुस्टर डोज

२०७८ चैत्र २०, आईतबार १६:२३ बजे

सरकारले कोरोनाभाइरसको दुई मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डाेज लगाउन निर्देशन दिएको छ । यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो ।

राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि बुस्टर डोज दिन सल्लाह दिएको हो । यससँगै परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन पत्राचार गरिएको बताए ।


प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको उनले बताए । प्रमुख दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरे ।