२०८१ जेठ ५, शनिबार    

हेटौंडा बजारमा होलीको चहलपहल बढ्यो

२०७८ चैत्र १, मंगलबार १४:०९ बजे

हेटौंडा बजार क्षेत्रमा रंगहरुको पर्व होलीको चहलपहल बढेको छ ।

हेटौंडा बजार क्षेत्रमा होलीलाई लक्षित गरेर कपडा, रंग, पिचकारी तथा बेलुनको विक्रीवितरण सुरु भएको छ । विशेष गरी हेटौंडाको राप्तीरोड क्षेत्रमा अहिले रंगिन कपडाहरुले सजिएको छ । होलीलाई लक्षित गरेर सेतो रंगको कपडा किन्नेको भीड नै लाग्न थालेको छ । यसवर्ष चैत ३ र ४ गते होली परेको छ । हेटौंडामा दुईदिन नै होली खेल्ने गरिएको छ । स्थानीय व्यापारीका अनुसार होलीमा विशेष गरी सेतो रंगको कपडाको माग रहेको छ । कपडा अनुसार मूल्य रहेको व्यवसायीले बताएका छन् ।

उनीहरुले १५० रुपैयाँदेखि सेतो कपडाको मूल्य सुरु हुने जानकारी दिए ।