२०८० चैत्र १५, बिहीबार    

राष्ट्रपति रनिङ शिल्ड असार १८ गते हुने

२०७९ असार १४, मंगलबार १३:१६ बजे

मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हेटौडामा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको हो । स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् ।


सबै पालिकाहरुलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरुले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए । जति पालिकाले छनौट गरेका छन उनीहरु वीच बाटै जिल्ला प्रतियोगिता हुने पनि दाहालले बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम निर्देशन समितिका संयोजक वेस खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति,जिल्ला प्रहरी,जिल्ला शिक्षा ईकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र साही,विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरुको बैठकमा सहभागिता थियो ।


जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाण्डौमा असार २५ गते देखि हुने प्रदेशस्तरिय प्रतियोगितामा भाग लिने छन् । अहिले सम्म हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानिय छनौट गरेका छन भने बकैया, गढी र कैलासले छनौट गर्ने जानकारी दिएको दाहालले जानकारी दिए । राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड््डी, कराते, तेक्वान्दो र उसु खेलका गरि ४८ स्वण पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताए ।