२०८१ बैशाख १७, सोमबार    

वाग्मतीमा सांसद विकास कोष खारेज

२०७९ असार २, बिहीबार ०९:२७ बजे

वाग्मती प्रदेश सरकारको सांसद विकास कोष भने खारेज भएको छ । नेपाली कांग्रेसका सांसदहरूको विरोधपश्चात् आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रस्तुत गरेको आगामी आवको बजेटमा उक्त कार्यक्रम नराखिएको हो ।

स्वास्थ्यमन्त्री निमा लामाले सांसदहरूका लागि कुनै पनि शीर्षकमा बजेट नआएको बताए । यसअघि सांसद विकास कोष हुँदै घुमाउरो बाटो प्रयोग गरी प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरूको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गर्ने गरिएको थियो ।

चालु आर्थिक वर्षमा ‘सांसद विकास कोष’ को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरूका लागि बजेट दिइएको थियो । चालु आवमा २ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको थियो ।