२०८१ बैशाख २७, बिहीबार    

समाजबादी कार्यक्रम ल्याउदै वाग्मती प्रदेश

२०७८ चैत्र २३, बुधबार १६:२७ बजे

 वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक बर्ष२०७८\७९ मा वडा समाजबादी कार्यक्रम ल्याइने बताए छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना भएको आगामी आर्थिक बर्ष२०७८\७९ को बजेट तर्जुमाको लागि अन्तक्र्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले बताएका हुन् । सरकारमा सामेल ३ वटै दलको नीति समाजबाद भएकोले वडामा पाईलट कार्यक्रमको रुपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताए।

उहाँले मन्त्रालयहरुलाई योजना बनाउदा बहुबर्षिय योजनाका दायित्वहरु छुट्याएर नयाँ योजना बनाउन निर्देशन दिएका छन्। प्रदेश गौरवका योजनाहरु बनाउदा मापदण्ड बनाउनुपर्ने, न्युनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने  । साधारण खर्चमा कमी ल्याइने र सिपयुक्त जनशक्ती निर्माण गर्नको लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आबश्यक्ता रहेको उहाँको भनाई छ । यसको साथै शैक्षिक क्षेत्रमा ध्यान दिइने समेत उहाँको भनाई रहेको छ । संसदमा रहेको बिषयगत समिति र सबैदलहरुसंग सुझाब लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले बिषयगत मन्त्रालयहरुमा हस्तक्षेप नगर्ने बताउदै न्यायोचित ढंगले बजेट सिलिङ साथै अवण्डा बजेटलाई निरुत्साहित गरिने, पुंजिगत र चालु खर्चमा सन्तुलित राखिने समेत भनेका छन् ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सरकारले एकिकृत बस्तिको योजना बनाउदा रोजगारीको पनि ब्यबस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताइन ।