२०८१ जेठ ५, शनिबार    

सुनाचुरीमा बस पल्टिँदा दुईको मृत्यु, १२ घाइते

२०७८ चैत्र ४, शुक्रबार १०:२० बजे

मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पछिल्टएको हो । दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित सडक किनारमा पल्टेको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ ।