२०८० चैत्र १६, शुक्रबार    

एभिनियर एफसी सेमिफाइनलमा

२०७९ फाल्गुन ३, बुधबार १८:४० बजे

एभिनियर एफसी क्यामरुन हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो । एभिनियर एफसीको जीतमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जीन सुनिश्चित गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताअन्तर्गत् विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।