२०८१ बैशाख ६, बिहीबार    

उपमेयरमा पाठक बलियो

२०७८ चैत्र ३०, बुधबार १२:३० बजे

एमालेबाट उपमेयरमा सिफारिस भएका मध्ये सबैभन्दा बलियो उम्मेद्वार आरतीपाठक देखिएका छन् । सामाजिक क्षेत्रमा सक्रिय पाठक गैसस महासंघ बागमती प्रदेश अध्यक्ष, मानव वेचविखन विरुद्धको जिल्ला सञ्जाल मकवानपुरको अध्यक्ष लगायतदर्जनौं संघ संस्थामा आबद्ध छिन् ।

एमालेबाट राजनीति सँगै खेलकुद क्षेत्रमा पनि निकै सक्रिय पाठकलाई उपमेयरमा टिकट दिँदा जित्ने पक्कापक्की देखिएको विपक्षी दलहरु पनि बताउँछन् । पाठकले एमाले वृत्तमा मात्रै नभई नेकपा एस देखि कांग्रेससम्मको भोट तान्न सक्ने विश्लेषकहरु बताउँछन् । मानव अधिकारको क्षेत्रमा खरो रुपमा प्रस्तुत हुने पाठक एमालेबाट अन्य आंकाक्षी भन्दा धेरै लोकप्रिय भएकोले उनले टिकट पाउँदा नागरिक समाज समेतको प्रतिनिधित्व हुने नागरिक समाजका अगुवाहरु बताउँछन् ।