२०८१ बैशाख २४, सोमबार    

एमाले वकैयामा भद्रगोल, गढीमा सहमति

२०७८ चैत्र २७, आईतबार १५:३९ बजे

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धमाधम उम्मेदवार छनौट गरिरहेको छ ।

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको सवैभन्दा ठूलो गाउँपालिका वकैयामा अध्यक्षमा पाँचजनाले दावी गरेका छन् । गाउँ कमिटी वैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाइवा, कृष्णप्रसाद चौलागार्इं तथा गोपाल दाहालको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको छ । बैठकले उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ ।

दुई दिनसम्म चलेको बैठबले अध्यक्ष र उपाध्यक्षमा एक–एकजना सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा पाँच तथा उपाध्यक्षमा ६ जनाको नाम सिफारिस गरेको हो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेले मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष विदुर हुमागाईलाई नै उठाउने भएको छ । गाउँपालिका कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा हुमागाईलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वैठकले गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ मा भएको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उमेदवार विजयी भएका थिए ।