२०८१ बैशाख १३, बिहीबार    

हेटौंडाकी नगरप्रमुख लामा मलेसिया प्रस्थान

२०७९ आश्विन २, आईतबार १८:१५ बजे

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा मलेसिया प्रस्तान गरेकी छन् । मलेसियाको राजधानी क्वालालामपुरमा हुने मानब बस्ती व्यवस्थापनको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको सस्था ‘सिटिनेट’ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि नगर प्रमुख लामा मलेसिया जान लागेकी हुन् ।

उनलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बिदाई गरेका छन् । आइतबार काठमाण्डौं गएपछि सोमबार दिउासोको हवाई यात्राबाट नगर प्रमुख लामा मलेसिया प्रस्तान गर्ने कार्यसुची रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । उनि १३५ भन्दा बढि मुलुकका नगरपालिका, गैरसरकारी सस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरुको साझा सस्था सिटिनेटको नवौं सभामा सहभागि हुने बताइएको छ ।

सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका सहित १६ वटा स्थानिय तह र बिभिन्न सस्थाको नेतृत्व गर्दै नगरप्रमुख लामा मलेसिया जान लागेकी हुन् । सभा असोजको ४ गते देखि ७ गते सम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सभामा जानु पुर्व सिटिनेटको सदस्य रहेका नेपालका स्थानियतह र समाजिक संघसस्थाको हेटौंडामा बैठक सञ्चालन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको आतिथ्तामा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु मर्हजनले नवौं सभामा उम्मेदवारीको घोषणा गरेका थिए ।

अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन जाने तयारीपछि नगरप्रमुख लामाले कार्यवाहकको जिम्मेवारी उपप्रमुख बानियाालाई दिएकी छन् । उनि नफर्किएसम्म उपप्रमुख बानियााले उपमहानगरको कामकाज सम्हाल्ने छन् ।