२०८१ जेठ ४, शुक्रबार    

हेटौंडेली खेलाडी सुनिल बल लिगकै सर्वाेत्कृष्ट खेलाडी

२०७८ फाल्गुन १४, शनिबार १९:३८ बजे

हेटौंडा/ हेटौंडेली खेलाडी सुनिल बल यसवर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । लिग च्याम्पियन मछिन्ऽ फुटबल क्लबका मिडफिल्डरको रुपमा उनले लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मछिन्द्रलाई लगातार लिग च्याम्पयन बनाउन सुनिलको महत्वपूर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेको छ । उनले लिगभर ६ गोल गर्न सफल भएका थिए । चोटका कारण सुनिल पछिल्लो दुई खेलमा उपस्थित थिएनन् ।

मछिन्द्रले दुई खेल बाँकी छँदै यो सिजनको लिगको च्याम्पियन बनेको थियो । लिग च्याम्पियन र अपराजित रहने क्रममा मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । मछिन्द्रले लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबसाग गोलरहित बराबरी खेल्दा ११ खेलमा जित निकाल्यो ।