२०८१ बैशाख २३, आईतबार    

एमाले मकवानपुरको निर्णय : समीक्षा गर्दै संगठन सुदृढ बनाउने

२०७९ पौष २३, शनिबार ०८:५२ बजे

निर्वाचनको वडासम्म समीक्षा गर्ने पार्टीलाई सदृढ बनाउने नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको नवौँ बैठकले निर्णय गरेको छ ।

ठकले निर्वाचन परिणामको जिल्ला कमिटीले पालिका कमिटी र जनसंगठनको जिल्लासम्म र पालिका कमिटीले वडा कमिटी र जनसंगठनको पालिका कमिटीको बैठक राखि समीक्षा माघ ८ गते सम्म समीक्षा गर्ने नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताए ।
बैठकका अधिकाँस अतिथि र सचिवालयका सदस्यहरूले पार्टी संगठन सुदृढ बनाउन कमिटीको कामलाई नियमित बनाउने र विशेष अभियान थाल्नु पर्ने सुझाव दिएका थिए ।

माघ १० गते बस्ने जिल्ला कमिटी बैठकबाट पार्टी र जनसंगठनको जिल्लाव्यापी संगठन निर्माण र परिचालनको लागि अभियान अगाडि बढाउने साथै स्थानीय तह र जनप्रतिनिधिहरूको व्यवस्थित परिचालनमा जोड दिने निर्णय भएको सचिव सिग्देलले बताए ।

बैठकले संघीय र प्रदेशको  प्रत्यक्ष र समानुपातिकमा निर्वाचित संसद सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आममतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, मातहत कमिटी, पार्टी कार्यकर्ता र सदस्यलाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पोलिटव्यूरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रियसभा सदस्य रामचन्द्र राईको विशेष उपस्थिति रहेको थियो ।