२०८१ बैशाख २२, शनिबार    

एमालेलाई मत माग्दै विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरु चुनावी प्रचारमा व्यस्त

२०७९ बैशाख २१, बुधबार १७:१३ बजे

स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा सामुदायिक विद्यालयका शिक्षकले अाचरसंहिता उल्लंघन गर्न थालेका छन् । सामदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक नै उम्मेदवारकाे पक्ष विपक्षमा मत माग्न व्यस्त हुन थालेका छन् ।

हेटाैंडा-१३ पदमपाेखरीका महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठले एमालेका उम्मेदवारकाे चुनावी प्रचारमा कस्सिएर लागेका छन् । उनले हेटाैंडाबाट एमालेका मेयर उपमेयरसहित वडाध्यक्षका उम्मेदवारलाई मत मागेकाे पाेष्ट अाफ्नाे फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् ।

अाचारसंहिता विपरीत हेटाैंडा-१४ स्थित भृकुटी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पनि स्थानीय तहका निर्वाचनका उम्मेदवारकाे प्रचारप्रसारमा लागेका छन् । भृकुटीका सहायक प्रधानाध्यापक प्रेमप्रसाद गाैतम हेटाैंडा १४ का एमालेका वडाध्यक्षका उम्मेद्वार दीपक खड्काकाे चुनाव प्रचारमा सहभागिताका साथै अाफ्नाे अाधिकारिक फेसबुक एकाउन्ट (Polite prem) मार्फत मत मागिरहेका छन् ।

निर्वाचन अाचारसंहिता २०७८ काे परिच्छेद ३ काे ९ (झ) अनुसार अनुसार सामुदायिक विद्यालय वा नेपाल सरकार तथा प्रदेश सरकारकाे अनुदानमा सञ्चालित विश्व विद्यालय तथा साे मा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारकाे पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामाग्री पाेष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था रहेकाे छ ।

साे अाचारसंहिताकाे उल्लंघन गर्दै हेटाैंडाकाे प्रतिष्ठित सामुदायिक विद्यालय अाधुनिक राष्ट्रिय माविका शिक्षक साेम अाचार्यले पनि एमालेबाट हेटाैंडाका मेयर र उपमेयरकाे उम्मेदवारसँग चुनाव प्रचारमा पुगी फाेटाे खिचाएकाे सामाजिक सञ्जालमा भेटिएकाे छ ।

हेटाैैंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका माध्यमिक तह सामाजिक शिक्षक बालकुमार श्रेष्ठले पनि अाफ्नाे फेसबुक एकाउन्टमार्फत एमाले हेटाैंडाका मेयर र उपमेयरका उम्मेदवारका पक्षमा मत मागेर सामाजिक सञ्जालमा पाेष्ट गरेका छन् ।

भीमफेदी स्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक कृष्ण पाेखरेल पनि एमाले हेटाैंडाका मेयर र उपमेयरका उम्मेदवारकाे प्रचारमा लागेका छन् । उनले एमाले कार्यकर्ताले हालेकाे स्टाटस अाफ्नाे फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् ।