२०८१ जेठ ८, मंगलबार    

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७८ माघ २४, सोमबार ०८:४३ बजे

तिलोत्तमा — बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहानै बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । पश्चिमदेखि पूर्व दिशातर्फ रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।