२०८१ बैशाख ३०, आईतबार    

हेटौंडाको मेयरमा २१ जनाको उम्मेदवारी, नौजना स्वतन्त्र

२०७९ बैशाख १३, मंगलबार ११:०७ बजे

वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरमा २१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका हुन् । हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकाले जनाएको छ ।

स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सन्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले मनोनयन दर्ता गराएका हुन् ।