२०८१ बैशाख ३१, सोमबार    

रुखको हाँगाले थिचेर एकजनाको मृत्यु

२०७८ चैत्र ८, मंगलबार १९:२३ बजे

मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी-६ मा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ। 

मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।  
मृत्यु हनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दुरीमा रहेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक टोली घटनास्थल तर्फ गइसकेको जनाइएको छ।

घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।